पोखराका विभिन्न स्थानबाट ३७० एम्पुल लागु औषधसहित ४ जना पक्राउ

पोखराका विभिन्न स्थानबाट ३७० एम्पुल लागु औषधसहित ४ जना पक्राउ

Kaski-pakrau

पोखरा। कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले विभिन्न स्थानबाट लागु औषधसहित ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका -९ स्थायी घर भइ हाल पोखरा -३० खत्रिचोक बस्दै आएका ४४ वर्षीय सन्तोष भन्ने ईन्द्रमान गुरुङ, पोखरा -१३ बाझापाटन बस्ने ४० वर्षीय विकास गुरुङ, पोखरा -३१ भलाम बस्ने सावन वि.क र पोखरा -३० घर भइ हाल बगालेटोल बस्दै आएका ५३ वर्षीय कुमार गुरुङ छन्।

प्रहरीले उनीहरुको साथबाट विभिन्न परिमाणमा डाईजेपाम, फेनेरागन, नुर्फिन लगायतका कूल ३७० एम्पुल अवैध लागु औषध वरामद गरेको छ।
उनीहरु सबैमाथि लागु औषध समबन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थपको अनुमती लिएर आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds