पोखरा । गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले प्रदेश खेलकुद परिषद गण्डकीको प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।
पोखरा रंगशालामा नवनिर्मित भवनको मन्त्री गुरुङले एक कार्यक्रमका विच शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन् । उक्त भवन प्रदेश सरकारले करिव ९६ लाखमा उपभोभ्mा समिति मार्फत निर्माण सम्पन्न गरेको हो । मन्त्री गुरुङले भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने उपभोक्ता समितिका अध्यक्ष हरि बहादुर बरुवाल, भरत आले, बाल कुमारी गुरुङ, ओम गुरुङ, विश्व तण्डुुकारलाई खादा लगाएर सम्मान गरेका थिए ।
सो अवसरमा उपभोक्ता समितिका अर्का अध्यक्ष तथा अग्रज खेलाडी स्व.योगेन्द्र बहादुर बस्नेतको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।

सो अवसरमा मन्त्री गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेका खेलाडीहरुलाई पौष्टिक आहार समेत वितरण गरेका थिए । नवौंको तयारीका लागि खेलाडीहरुको हौसला बढाउन पौष्टिक आहार वितरण गरिएको र नवौंमा छनोट हुने खेलाडीहरुलाई हाइ अल्टिच्यूड तालिमको लागि व्यवस्था गर्ने उनले जनाए ।
कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रालयको तर्फबाट मन्त्री गुरुङले मोदी गाउँ पालिकाका अध्यक्ष हिरा देवी शर्मालाई नगद ५ लाख पुरस्कार सहित सम्मान गरेका थिए । गण्डकी प्रदेशबाट यूवा मैत्री स्थानिय तह प्रोत्सहान कार्यक्रम २०७८ बाट ८५ वटा गाउँ पालिका मध्ये मोदी गाउँ पालिका उत्कृष्ट हुन सफल भए पछि सम्मान गरिएको हो ।
सम्पन्न कार्यक्रममा मोदी गाउँ पालिकाका अध्यक्ष शर्मा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेल लगायतले खेलाडीहरुलाई पौष्टिक आहार वितरण गरेका थिए । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले भवन निर्माणमा सहयोग गर्ने उपभोक्त समितिलगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रशासनिक भवनबाट आफ्ना दैनिक कार्यक्रमहरु सूचारु गर्न सहज हुने बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते