पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धारापानीमा ‘हाइभोल्टेज करेन्ट’ प्रवाह हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शिवराज बुढाथोकीका अनुसार घटनामा परी स्थानीय ५० वर्षीया सीता केसीको मृत्यु भएको छ ।घाइतेहरूको म्याग्दीस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ । घटनामा बाख्रा फर्मका १३ बाख्रा पनि मरेका छन् ।
गाउँका करिब एक सय घरका विद्युतीय सामग्रीहरू जलेका छन् । गाउँपालिका अध्यक्ष राजु आचार्यले अत्यधिक करेन्ट प्रवाह हुँदा दुई सयभन्दा बढी घरका मिटरबक्स र सबै वायरिङ जलेको जानकारी दिए । स्थानीयको सक्रियताका कारण घरहरुमा भने कुनै भौतिक क्षति हुन पाएन । धाइरिङको धारापानीमा बिहान करिब ७ बजे एकैपटक उक्त घटना भएको हो ।
प्रहरीका अनुसार विद्युत्को मुख्य लाइन र घरघरमा वितरित लाइनका तार एकै पोलमा टाँगिएको र सोही मुख्य लाइनको तार वितरण लाइनमा जोडिँदा ‘हाईभोल्टेज’ लाइन बगेका कारण घटना भएको हो ।
नेपाल विद्युत् प्राधिकरणको पर्वत वितरण केन्द्रले बाँस ढलेर मेनलाइनको तार वितरण लाइनमा छोइँदा घटना भएको जनाएको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु