करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

corent

सप्तरी । सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ।

कञ्चनरुप नगरपालिका कञ्चनरुप–६ मा गए राति करेन्ट लागेर ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार को मृत्यु भएको हो । सौदानन्द काका ससूरा हुन् भने अन्जली बुहारी रहेको प्रहरीले जनाएको छ।

पानी तान्ने मोटर जडान भएको ट्युववेलमा पानी लिन गएकी अन्जलीलाई करेन्ट लागेको थियो। उनलाई छुटाउन जाँदा सौदानन्दलाई पनि करेन्ट लागेको हो।

करेन्ट लागेका दुबैको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सप्तरीकै राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ।

आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क


This will close in 4 seconds