नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

Muglin-Narayangadh-road

चितवन । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ।

भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति साढे २ बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यसअघि उक्त सडकखण्ड अन्तर्गत भरतपुर २९ मा पर्ने केराबारीमा पहिरो गएपछि सोमबार राति ११ बजेदेखि बन्द भएको सडक २३ घण्टा पछि खुलेको थियो।

पहिरो हटाएर गएराति साढे १० बजेतिर सडक खुलाए पनि फेरि २ बजेपछि पहाडको ढिस्कोसहित पहिरो झरेको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा यात्रु मारमा परेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ