काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन्।
तारकेश्वर नगरपालिका–२ मा श्रीमान–श्रीमती र दुई छोराछोरी मृत फेला परेका हुन्।
प्रहरीकका अनुसार भित्रबाट ढोकाको चुकुल लगाएको अवस्थानमा श्रीमान ४१ वर्षीय दिनेश पाण्डे, श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, छोरी १३ वर्षीय आशिका पाण्डे र छोरा ८ वर्षीय आशिक पाण्डे मृत फेला परेका हुन्।
दिनेश पाण्डे झुन्डिएको अवस्थामा फेला परेको र अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको प्रहरीले जनाएको छ।
दिनेशले छोरा छोरी र श्रीमतिलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ।
आज सोमबार बिहान स्कुल जाने बेलामा एक जना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो।
प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ