पोखराका मेयर आचार्यकाे अध्यक्षतामा महानगर मञ्च नेपाल गठन

पोखराका मेयर आचार्यकाे अध्यक्षतामा महानगर मञ्च नेपाल गठन

dhanaraj-acharya

पोखरा । महानगरहरूबिच पारस्परिक सम्पर्क र सञ्जालको प्रवर्द्धन गरी आपसी सहयोग र सहकार्यलाई संस्थागत गर्ने उद्देश्यले ‘महानगर मञ्च नेपाल’ गठन गरिएको छ ।

पोखरा महानगरपालिकाको आयोजनामा पोखरामा साउन १३ र १४ गते दुई दिनसम्म चलेको मेयर सम्मेलनले ‘महानगर मञ्च नेपाल’ गठन गरेको हो । सम्मेलनले आगामी एक वर्षको लागि मञ्चको अध्यक्षमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई चयन गरेको हो ।

मञ्चले महानगर सम्मेलन मार्फत गरिएका प्रतिबद्धताहरूको कार्यान्वयनमा सहजीकरण गर्ने तथा वर्षभर एक आपसमा छलफल गरी देखा परेका समस्या समाधानमा पहल गर्ने पोखरा महानगरपालिका मेयर एवं मञ्चका अध्यक्ष धनराज आचार्यले बताए ।

‘मेयर सम्मेलनले साझा सवालका विषयमा छलफल गर्ने, समस्या समाधानका चुनौती, योजना निर्माण तथा कार्यान्वयन लगायतमा घनिभूत छलफल जारी राख्ने र आज मात्र सार्वजनिक गरिएका ७ बुँदे घोषणापत्र कार्यान्वयन गर्नको लागि सहजीकरण गर्ने उद्देश्यले ‘महानगर मञ्च नेपाल’ गठन गरेको छ’, आचार्यले भने, ‘पहिलो मेयर सम्मेलनको आयोजक पोखरा महानगर भएको अवस्थामा अहिले सम्मेलनको निर्णयले एक वर्षका लागि मञ्चको नेतृत्व गर्ने अवसर मलाइ प्राप्त भएको छ, यो अवसरका लागि मा सबै लाई धन्यवाद दिन चाहन्छु ।’

मेयर सम्मेलन हरेक वर्ष फरक फरक महानगरले आयोजना गर्ने र सम्मेलनले सोहीअनुसार मञ्चको अध्यक्ष तोक्ने उनले बताए । देशका महानगरपालिकाका मेयरहरूको सम्मेलनले महानगरपालिकाहरूका लागि छुट्टै ऐन आवश्यक रहेको निचोड निकालेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds