‘बचतको विकास गर्नुस्, भोलिको तपाईँको भविष्य सुनिश्चित हुनेछ’-आशिष भण्डारी

‘बचतको विकास गर्नुस्, भोलिको तपाईँको भविष्य सुनिश्चित हुनेछ’-आशिष भण्डारी

sangam -sahakari-programme

पोखरा।  सङ्गम बचत तथा ऋण सहकारी संस्था रामबजारको सहयोगमा टोलवासी महिलाका लागि वित्तीय साक्षरता तथा स्वास्थ्य सुरक्षा सम्बन्धी ज्ञान आदान प्रदान गरिएको छ।

संस्थाले पोखरा महानगरपालिका वडा नं -१५ स्थित नव जनशक्ति टोल विकासका महिला दिदीबहिनीसँग ज्ञान आदानप्रदानको कार्यक्रम गरेको हो।

कार्यक्रममा संस्थाले आय आर्जन तथा बचत, खर्च व्यवस्थापन, लगानी एवं व्यवस्थापन, मुद्राको व्यवस्थापन लगायतका विषयमा चर्चा गर्नुका साथै वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएको थियो ।

कार्यक्रम सञ्चालक तिलक थापाले पछिल्लो समय भाइवर तथा सामाजिक सञ्जालबाट ठगी लगायतका विभिन्न आपराधिक कार्यहरू बढेको भन्दै त्यसबाट बच्न महिलाहरूलाई सचेत गराए। संस्थाले वार्षिक रूपमा महिला सशक्तीकरण, सीप विकास र जागरणका लागि बजेट छुट्याउँदै आइरहेको भन्दै आगामी दिनमा पनि अन्य टोल तथा आमा समूहसँग यस्ता कार्यक्रमहरू मार्फत जोडिने उनले जानकारी दिए।

पोखरा -१५ कि स्वास्थ्य स्वयंसेविका सरस्वती अधिकारीले सेनेटरी प्याडको घरेलु निर्माण तथा प्रयोग विधिबारे जानकारी दिइन्। बजारमा पाइने प्याड स्वास्थ्यका दृष्टिकोणले समेत राम्रो नहुने भन्दै आर्थिक रूपमा समेत खर्चिलो हुने बताइन्। घरमै निर्माण गरिने १० एमएम सम्मको प्याडले ४ घण्टासम्म काम गर्ने भन्दै प्याडको सरसफाइमा समेत ध्यान दिइएको खण्डमा महिनौँ टिक्ने उनले बताइन्।

यस्तै कार्यक्रमका प्रमुख अतिथि पोखरा -१५ का वडा सदस्य  आशिष भण्डारीले सहकारी भन्नु नै ‘साझा हितका लागि सहयोगी भावना’ भएको बताए। उनले सहकारी संस्था बचत गर्ने र ऋण दिने संस्था मात्र नभएर यसका थुप्रै सामाजिक उत्तरदायीहरू भएको बताए। भविष्यमा आइपर्न सक्ने भवितव्यबाट जोगिन पनि सहकारीसँग जोडिनुपर्ने भन्दै सहकारीले त्यसका लागि सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको बताए। ‘बचतको विकास गर्नुस् , ताकी भोलिको तपाईँको भविष्य सुनिश्चित होस्।” उनले भने। “

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds