पोखरा । पर्वतको कुस्मा नगरपालिका वडा नम्बर २ खुुर्कोटकी मिर्गौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । दुबै मिर्गौला फेल भएकी जुनाकुमारी रेग्मी बचाउ अभियानबाट संकलन भएको रकम पीडितलाई हस्तान्तरण भएको हो ।
पोखरामा शनिबार आयोजित एक कार्यक्रमका बीच कृष्ण कडेंल इन्द्रेणी फाउण्डेशन मार्फत् सहयोगी मनहरुले संकलन गरी पठाएका २० लाख बढी रकम हस्तान्तरण गरिएको यमबहादुर रेग्मीले जानकारी दिए ।
अमेरिकाबाट नेपालीहरुले संकलन गरेको उक्त रकम फाउण्डेशनको रोहवरमा अध्यक्ष कृष्ण कंडेलले पीडितलाई हस्तान्तरण गरे । आर्थिक संकलन अभियान संयोजक गंगाबहादुर क्षेत्री, सुरेश बहादुर क्षेत्री लगायतको सक्रियतामा संकलित २० लाख २९ हजार ९ सय २५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
यसबाहेक कतार र काेरियाबाट करिब ३ लाख संकलन गरी पठाइसकिएकाे छ । सुरूमै दाजुभाइले १ लाख प्रदान गरी रेग्मीलाई उपचारका लागि काठमाण्डाै पठाएका थिए ।

हस्तान्तरण कार्यक्रममा वरिष्ठ लाेक गायिकाहरू तारा थापा र कविता आले, लोक दोहोरी गायिका पार्वती जिसी लगायतका कलाकारहरु सहभागी भएका थिए ।
गुराँस पौडेल र राजेन्द्र रेग्मीले ईन्द्रेणी मार्फत् हस्तान्तरण गराउन भूमिका खेलेका थिए । पोखरामा आयोजित राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिताका लागि ईन्द्रेणी टीम अहिले पोखरामै छ ।
यसैबीच, ईन्द्रेणी फाउण्डेशनलाई अमेरिकामा रहेका तेजेन्द्र बहादुर रेग्मी, राजन रेग्मी, लोकबहादुर क्षेत्री, प्रकाश क्षेत्री, गंगाबहादुर क्षेत्री, राजेन्द्र रेग्मी, सुरेश रेग्मी र धनबहादुर खत्रीले ८५ हजार सहयोग पनि गरेका छन् । उनीहरूले पठाएका उक्त रकम यमबहादुर रेग्मीले फाउण्डेशनका अध्यक्ष कँडेललाई हस्तान्तरण गरे ।
सम्बन्धित खबर
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
पर्वतमा सामुदायिक वनमा आगो लगाउने २ जना पक्राउ
पर्वतमा निर्माणाधीन सडक योजनामा १६ करोड बजेट थप
काँक्रोको बीउ बिक्री गरेर पर्वतमा छ करोड आम्दानी
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो