राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखराको पृथ्वीचोकमा विरोध प्रदर्शन गरेका छन् । नागरिकता विधेयक, एमसीसी, संघीयता खारेजी लगायत २२ बुँदे माग राख्दै प्रदर्शन गरेको हो । प्रदर्शनसँगै पृथ्वीचोकमा १० मिनेट चक्काजाम आयोजना गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागु गर्न आन्दोलनमा उत्रनुपरेको प्रवक्ता गिरीले जानकारी दिए । सर्वसाधारणलाई दुख दिन नभई आफुहरुले उठाएको माग बुझाउन र सरकारलाई दबाब दिन सांकेतिक रुपमा चक्काजाम गरेको उनले बताए ।
चक्काजामअघि आयोजित कोणसभामा बोल्दै राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले नागरिकता विधेयक खारेजी नभए नेपालको राष्ट्रियतामा खतरा पर्ने दाबी गरे ।
यस्तै, राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले राष्ट्रिय एकता कायम राख्नुपर्ने बताए । नागरिकता विधेयक, एमसीसी लगायतका कारण नेपालको अस्तित्व खतरामा पर्दै गरेको बताए । कार्यक्रममा केन्द्रिय सदस्यहरु जयलाल पुन, महेन्द्र बहादुर कार्की, प्रदेश सचिव बरुणविक्रम राणा, नगर अध्यक्ष विजयबहादुर भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते