बागलुङ । नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले पार्टी नेतृत्वमा जिम्मेवार हेरफेर गरेको छ। आज दरमखोला एग्रिकल्चर एण्ड अर्गानिक भान्साघर मजुवामा आयोजित बैठकले विभिन्न पदमा जिम्मेवारी हेरफेर गरिएको नेकपा माओवादी केन्द्र गलकोट नगर ईन्चार्ज फमलाल निउरेले जानकारी दिए।
जस अन्तर्गत नगर समितीको अध्यक्षमा चन्द्रदत्त रेग्मी, उपाध्यक्षमा विष्णु खत्री, गंगा भुजेल र कौशीला घर्ती मगर, सचिवमा भिम बहादुर विश्वकर्मा, सहसचिवमा सरस्वती कार्की र कोषाध्यक्षमा छुम बहादुर थापालाई चयन गरिएको माओवादी केन्द्रले जनाएको छ।
त्यस्तै माओवादी केन्द्रले गलकोट नगरमा सचिवालय समिती समेत गठन गरेको छ सचिवालय समितीमा नगर समितीका पदाधिकारीहरु सहित २२ सदस्य रहेका छन्।
कार्यक्रममा नेकपा माओवादी केन्द्र गलकोट नगर समितीका उपाध्यक्ष विष्णु खत्री, पुर्व अध्यक्ष ललित श्रीस र गलकोट नगरपालिकाका नगर उपप्रमुख तथा नेकपा माओवादी केन्द्र गलकोट नगर ईन्चार्ज फमलाल निउरेले मन्तव्य राखेका थिए।
सो अवसरमा जिल्ला समन्वय समितीमा निर्वाचित हर्क पाण्डे, गलकोट नगर कार्यपालिकाको सदस्यमा निर्वाचित टीका सुवेदी र भिम विश्वकर्मालाई सम्मान गरिएको थियो। कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीका उपाध्यक्ष गंगा भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो। माओवादी केन्द्रले गलकोट नगरमा संगठन सुदृढिकरण, विस्तार आगामी कार्ययोजना लगायतका विषयमा अन्तरक्रिया समेत गरेको छ।
सम्बन्धित खबर
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
बागलुङ घुम्ने पर्यटक बढेपछि होटलमा लगानी थपिँदै
निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण
काठेखोलाका महिलालाई मौरीघार उपहार
बागलुङको सामुदायिक वनमा डढेलो, एक सयभन्दा धेरै भेडीगोठ जोखिममा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो