पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वर्गीय कल्याण शेरचनलाई गीतसंगीत क्षेत्रको संरक्षण र विकासका लागि निरन्तर लागिरहने एक प्रतिवद्ध चिन्तकका रुपमा उल्लेख गरेका छन्। शेरचनलाई नेपाली गीतसंगितले एक असल नक्षत्रका रुपमा लिने गरेको प्रमुख आचार्यले बताए।
स्वर्गीय शेरचनको ७६ औँ जन्मजयन्तिका अवसरमा उनको शालिक निर्माणार्थ पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगीता तथा स्रष्टा सम्मान एंव इन्द्रेणी कार्यक्रम २०७९ को उद्धघाटन गर्दै प्रमुख आचार्यले स्वर्गीय शेरचन गतिसंगितको क्षेत्रका अलौकिक बिम्ब भएको उल्लेख गरे।

अरुलाई अगाडी सारेर आफु पछाडी बस्ने स्वाभावका शेरचनको सपना पोखरामा आयोजित उक्त कार्यक्रमले पुरा गर्ने विश्वास समेत उहाँले व्यक्त गरे। प्रमुख आचार्यले पोखरा महानगरपालिका लोकसंस्कृति र नेपाली गीतसंगीतको विकासका लागि निन्तर लागिरहने प्रतिवद्धता पनि जाहेर गरे।
कल्याण शेरचन स्मृति प्रतिष्ठानको आयोजनामा पोखरा सभागृहमा तिन दिनसम्म चल्ने उक्त कार्यक्रमलाई आयोजकले लोक स्रष्टाहरुको कुम्भमेला भनेको छ। सो क्रममा विभिन्न लोकसंस्कृतिर्कीहरुलाई सम्मान समेत गरिएको छ भने, सयौँ लोकसंस्कृतिकर्मीहरुको प्रत्यक्ष सहभागीता रहेको छ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते