पोखरा । नेपाल विद्यार्थी संघ आफ्नै मूल पार्टी नेतृत्वको सरकार विरुद्ध सडकमा उत्रिएको छ । नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल विधार्थी संघले आफ्नै माउ पार्टीको सरकारले गरेका गलत निर्णय विरुद्ध सडकमा प्रदर्शन गरेको हो ।
उसले मुख्यमन्त्री कार्यालय अगाडि गण्डकी प्रदेश सरकारको विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले सवारी साधनको नवीकरण गर्दा शुरुमै २ सय प्रतिशत जरिवाना लगाउने निर्णय कार्यान्वयनमा गएपछि आम सर्वसाधारणबाट सरकारको कडा आलोचना भएको थियो । सरकारले केही अघि गण्डकी प्रदेशमा सवारी कर र जरीवानामा भारी वृद्धि गरेको थियो ।
पानी परिरहेको भएपनि नेविसंघका कार्यकर्ताहरु विभिन्न नारा लगाउँदै त्यहाँ पुगेका थिए । उनीहरुले करवृद्धि फिर्ता गर, जरिवाना कर फिर्ता, मुख्यमन्त्री राजीनामा दे, भौतिक मन्त्री होसियार जस्ता नारा लगाए ।
विघार्थीहरुले कर वृद्धिको निर्णय तत्काल फिर्ता गर्नुपर्ने, अन्यथा मुख्यमन्त्रीको निवासमा नै प्रदर्शन गर्ने चेतावनी दिएका थिए । कार्यक्रममा नेविसंघ, कास्कीका पूर्व अध्यक्ष विकास थापाले कांग्रेस नेतृत्वको सरकारले गलत गर्दा नेवि संघले खवरदारी गरिरहने बताए । थापाले दुई दिनभित्र सवारी कर र जरिवाना फिर्ता नभए गेटमा नभई कोठासम्म पसेर श्रीलंकामा प्रदर्शनकारीले गरेको आन्दोलनको झल्को दिने चेतावनी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल, नेविसंघका नेता पशुपति भट्टराई र ध्रुवराज अधिकारी लगायतले गण्डकी प्रदेश सरकारले मात्र नभएर सबै तहका सरकारले जनभावना बुझेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते