काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंग बहादुर अर्यालले (बुधबार) एसईईको नतिजा सार्वजनिक भएको जानकारी दिए ।
उनले आर्थिक न्युजलाई जनाए अनुसार परीक्षामा दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए। यसमध्ये यस वर्षको परीक्षामा ९ हजार ६३३ जना उच्च श्रेणीमा उत्तीर्ण भएका छन्। उनीहरुले ३.६ देखि ४ जीपीए ल्याएका छन् ।
कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गरेको थियो । तर, यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।
परिक्षाको यसरी हेर्न सकिन्छ नतिजा
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको एसईई (Secondary Education Examination-SEE) परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ ।
सो परीक्षाको परीक्षाफल कल गरेर (IVR), एसएमएस (SMS) तथा वेबसाइट (Website) मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।कल गरेर – नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिनेछ ।
एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्थान (Space) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने । उदाहरणको लागि SEE 12345678A टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।
वेबसाइट – नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने जनाएको छ । कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो