फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प

Earthquake

काठमाडौं । फिलिपिन्समा शक्तिशालि भूकम्प गएको छ।

डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्व केन्द्रविन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ। यो राजधानी मनिलाभन्दा ३३६ किलोमिटर टाढा पर्दछ। भूकम्प १० किलोमिटर गहिराइमा थियो।

राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुुस गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

भूकम्पले भएको क्षतिको विवरण आइसकेको छैन। यद्यपि सुनामी आउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds