चितवनमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

चितवनमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

hamfalda chitwan

चितवन । चितवनमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन्।

भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले आइतबार राति १० बजेतिर घरायसी विवादमा आफ्नी श्रीमती ३५ वर्षीय रुष्मा आचार्यलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कृष्णप्रसादले आफ्नै घरको ३ तलामाथि रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए। तीन तलामाथिबाट हाम फालेर भाग्न खोज्दा कृष्णप्रसादको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट गम्भीर घाइते रुष्माको उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकोमा राति नै १०ः४० बजे मृत्यु भएको हो भने घाइते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ