अछाममा पहिरोले घर पुरिँदा एकैघरका तीन जनाको मृत्यु, एक घाइते

अछाममा पहिरोले घर पुरिँदा एकैघरका तीन जनाको मृत्यु, एक घाइते

pahiro- sanket

सांकेतिक तस्विर

काठमाडौं । अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

आइतबार राति १ बजेतिर तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो।

अमरका भाइ वीरेन्द्र विष्ट, छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो।

पहिरोमा परी नैना विष्ट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

अहिले स्थानीय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ