गण्डकीमा सक्रिय संक्रमितको संख्या १६३ पुग्यो, थप ३४ जनामा कोरोना पुष्टि

गण्डकीमा सक्रिय संक्रमितको संख्या १६३ पुग्यो, थप ३४ जनामा कोरोना पुष्टि

corona child

पोखरा। कास्कीका २० सहित गण्डकीमा थप ३४ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार गण्डकीका १३२ जनाको परीक्षण गर्दा थप ३४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि रहेकामा कास्कीका २०, तनहुँका ३, म्याग्दीका एक र स्याङ्गजा जिल्लाका १० जना छन्।

आज थपिएकासँगै गण्डकीमा कोरोनाका सक्रिय संक्रमितको सँख्या १६३ पुगेको छ। जसमध्ये १५५ जना होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् भने ८ जना विभिन्न स्वास्थ्य संस्थामा उपचाररत रहेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ