३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

aatmahatya

काठमाडौं । झापामा तीन जना किशोरीहरू एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

कचनकवल गाउँपालिका–५ को बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको जिङखोला किनारमा रहेको बयरको रूखमा उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अन्जली र बीरवल गणेशकी १६ वर्षीया छोरी कल्पनाको शव फेला परेको हो।

शनिबार रातिदेखि हराएका उनीहरूको शव आइतबार बिहान फेला परेको हो।

तीनै जना किशोरीहरू चिया बगानमा मजदुरी गर्ने गरेको जनाइएको छ। दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको कचनकवल गाउँपालिकाले जनाएको छ।

उनीहरुले सामूहिक आत्महत्या गर्नुको कारण भने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ