नेपाली चेली भारतमा बिहे गर्दा ७ बर्ष कुर्नुपर्ने, नेपालले छिटाे दिनुपर्छ भन्ने छैन: लालबाबु पण्डित

नेपाली चेली भारतमा बिहे गर्दा ७ बर्ष कुर्नुपर्ने, नेपालले छिटाे दिनुपर्छ भन्ने छैन: लालबाबु पण्डित

Lalbabu

काठमाडौँ । नेकपा एमालेका सांसद लालबाबु पण्डितले नेपालले नेपाली नागरिकता बेच्न नहुने बताएका छन् ।

नागरिकतासम्बन्धी ऐन पहिलो संशोधन विधेयकमाथिको संशोधन प्रस्तावमाथिकाे छलफलमा भाग लिँदै उनले नेपाली नागरिकता दिने प्रावधान सजिलो बनाउने नाममा बेच्न नहुने बताएका हुन् ।

‘नागरिकता लुरुलुरु आयो, खुरुखुरु आयो भन्ने हिसाबले पनि बुझ्नुहुँदैन । दोहोरो नागरिकता कुनैपनि हालतमा सम्भव छैन’, पण्डितले भने, ‘नेपालमा जाली प्रमाण दिएर नागरिकता लिनेहरुको सरकारले खारेज गर्दै आएको छ । वैवाहिक अंगिकृतलाई ७ वर्षको प्रावधान राख्नुपर्छ ।’

उनले नेपाली चेली भारतमा विवाह गरेर जाँदा उनीहरुलाई सात वर्ष कुनुपर्ने त्यहाँ व्यवस्था भएको भन्दै हामीले त्यो भन्दा छिटो कसैलाई नागरिकता दिन जरुरी नभएको बताए ।

‘कतिपय मुलुकले नागरिकता बेचेका र कतिपयले धेरै नागरिकता लिने गरेका छन् । हामी नागरिकता बेच्ने काम गर्न सक्दैनौ । नागरिकतालाई सजिलो बनाउने भन्दा पनि आवश्यकलाई दिनुपर्ने अवस्था बनाउनुपर्छ’, पण्डितको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds