राष्ट्रिय संगीतकर्मी संघ कास्कीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार पोखरामा सम्पन्न भएको छ।
अधिवेशनकाे उद्घाटन गर्दै राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रम जंग शाहले अरुले संस्था कसरी चलाएका छन् भन्दा पनि आफूले कसरी संस्था चलाउने तर्फ सोच्न सबैलाई आग्रह गरेका छन्। अरुको देखासिखी गर्नुको सट्टा आफ्नो हैसियत अनुसार चल्न सबैमा अनुरोध समेत गरेका छन् ।
अधिवेशनले ऋषिराम दाहालको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको छ। समितिको बरिष्ठ उपाध्यक्षमा सागर कार्की, प्रथम उपाध्यक्षमा कल्याणी अधिकारी, द्वितीय उपाध्यक्षमा जौमाया हिताङ, उपाध्यक्षमा कपिल श्रेष्ठ, सचिवमा सुनिल गायक, प्रवक्तामा ईश्वरराज भण्डारी कोषाध्यक्षमा राजन सुवेदी, सह सचिवमा रिजोन बस्ताकोटी, सह कोषाध्यक्षमा हरिराज कोइराला तथा सदस्यहरुमा क्रमश सपना सुनार, सोनिया कार्की खत्री, ऋषिराम बास्तोला बाबुराम, सृजना श्रेष्ठ र गंगा परियार रहेका छन्।
कार्यक्रममा संस्थाप्रति योगदान पुर्याउने संस्थाका प्रथम उपाध्यक्ष कल्याणी अधिकारी, उपाध्यक्ष सागर कार्की, सह सचिव राजन सुवेदी एवम् पत्रकारिताको माध्यमबाट कलाकारिता क्षेत्रमा अतुलनीय योगदान पुर्याउने पोख्रेली पत्रकार राजाराम पौडेललाई सम्मान गरेको छ।
राष्ट्रिय संगीतकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रदेश अध्यक्ष कृष्णप्रसाद गौतम, सल्लाहकार छवि सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राम प्रसाद तिमिल्सिना लगाएतले शुभकामना मन्तव्य राखेका थिए।
नवनिर्वाचित जिल्ला कार्यसमिति, नगर समिति तथा ईकाई संयोजकलाई निर्वाचन मण्डलका प्रतिनिधिहरु विनोद ढकाल, शंकर ढकाल , नारायण प्रसाद सिग्देल, कृष्णप्रसाद गौतम र करण तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते