काठमाडौं । भारतको १५औँ राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित भएकी छन्।
सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी हुन्।
मुर्मूले २ हजार ८ सय २४ र सिंहले १ हजार ८ सय ७७ मत पाए।
जुलाई २४ तारिखमा राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मूले जुलाई २५ तारिखमा राष्ट्रपतिको पदभार सम्हाल्नेछिन्। उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति समेत बनेकी छन्। उनी झारखण्डको अल्पसङ्ख्यक सन्थाल जनजातिबाट प्रतिनिधित्व गर्छिन्।
उनले २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको नवौँ राज्यप्रमुखको रूपमा काम गरेकी थिइन्।
यसैबीच, राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको पन्ध्रौँ राष्ट्रपतिमा निर्वाचित मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन्।
राष्ट्रपति भण्डारीले ट्विटमार्फत शुभकामना दिँदै मुर्मुको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छन्।
यस्तै, प्रधानमन्त्री देउवाले पनि राष्ट्रपति मुर्मूलाई ट्विटमार्फत बधाई तथा शुभकामना दिएका छन्।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो