रहेन संसारकै सबैभन्दा बूढो पाण्डा ‘एनएन’

रहेन संसारकै सबैभन्दा बूढो पाण्डा ‘एनएन’

panda

काठमाडौं । संसारकै सबैभन्दा बूढो पाण्डाको मृत्यु भएको छ।

चीन सरकारले उपहार स्वरूप हङकङलाई दिएको एनएन नाम गरेको ३५ वर्षको भाले पाण्डाको मृत्यु भएको ओसियन पार्कले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको हो।

पाण्डा ३५ वर्षको भए पनि मानिसको १०५ वर्षको उमेर बराबर हुने वेबसाइटमा उल्लेख छ।

पाण्डाले पछिल्ला हप्ताहरूमा अस्वस्थ भएका कारण खाना खान छोडेको हेरचाहमा खटिएका व्यक्तिका बताएका छन्।

यहाँको ओसन पार्कले एनएनको स्मृतिमा उसकै खोरमा शोक पुस्तिका राख्ने जनाएको छ।

पाण्डालाई हङकङको ओसियन पार्कमा सन् १९९९ देखि राखिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ