१७ घण्टापछि रोकियो ग्याँससहितको फोहोरा

१७ घण्टापछि रोकियो ग्याँससहितको फोहोरा

gas1

काठमाडौं । काठमाडौंको जोरपाटीमा मंगलबार बिहानदेखि निस्किएको मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा आज बिहानदेखि रोकिएको छ।

मंगलबार बिहान १० बजेदेखि निस्किएको मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा करिब १७ घण्टापछि आज बिहान करिब ३ बजेबाट बन्द भएको हो।

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी लोसेटारस्थित सन्त कुमार लामाको घरमा बोरिङ खन्ने ग्याँससहित माटो र पानीको फोहोरा निस्किएको थियो।

उक्त फोहोरा वरपरका घरभन्दा पनि माथि पुगेर बस्तीमा फैलिंदा स्थानीय प्रभावित भएका थिए ।

ग्याँस निस्किएको सूचना पाएपछि भूगर्भविदको टोलीले स्थलगत अनुगमन गरेको थियो। भूगर्भविदको टोलीले त्यहाँ ८ देखि १३ प्रतिशतसम्म मिथेन ग्याँस रहेको बताएको नगरपालिकाका मेयर दीपक रिसालले जनाकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds