बढ्यो संक्रमण : कास्कीका ३० सहित गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि

बढ्यो संक्रमण : कास्कीका ३० सहित गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि

corona covid gandaki

पोखरा। पछिल्लो २४ घण्टामा कास्कीका ३० सहित गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी कोभिड -१९ सम्बन्धी अपडेट अनुसार कास्की जिल्लाका ३०, स्याङ्गजा जिल्लाका ८ जना र पूर्वी नवलपरासीका दुई २ गरी जम्मा ४० जनामा कोरोना पुष्टि भएको हो।

आज पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको सँख्या १ लाख २ हजार १६३ पुगेको छ। यस्तै,  सक्रिय संक्रमितको सँख्या ९६ पुगेको छ।
हाल ९२ जना संक्रमित होम आइसोलेसनमा छन् भने, अन्य ४ जना स्वास्थ्य सँस्थामा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ