काठमाडौं । पश्चिम युरोपका देशहरु अत्यधिक गर्मीको मारमा परेका छन्। त्यहाँ गर्मीकै कारण २ सय ५० बढीले ज्यान गुमाइसकेका छन्।
युरोपेली सङ्घ (ईयू) को झन्डै आधा भू–भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताले चेतावनी दिएका छन्।
युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा युरोपेली सङ्घ (ईयू) को ४६ प्रतिशत भू–भागमा खडेरीको उच्च जोखिम रहेको उल्लेख छ। ईयूको ११ प्रतिशत भू–भागमा खडेरीका कारण विशेष सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ। त्यहाँ खेतीयोग्य जमिनमा पानीको अभावले लगाइएको बाली प्रभावित बनिसकेको छ।
खडेरीको सबैभन्दा बढी प्रभाव इटली र त्यसको पनि सबैभन्दा बढी प्रभावित उत्तरमा रहेको पो रिभर बेसिन रहेको उल्लेख छ। स्पेनमा अहिले १० वर्षको औसतभन्दा पानीको जलाशयको मात्रा कम भएको र जलाशयको मात्रा अन्य वर्षको यो समयको तुलनामा ३१ प्रतिशतले घटेको रिपोर्टले जनाएको छ।
त्यस्तै, पोर्चुगलमा जलविद्युत् ऊर्जा उत्पादन गर्ने पानी गएको ७ वर्षको औसतभन्दा आधा कम छ। पानीको अभाव र उच्च तापले गर्दा फ्रान्स, रोमानिया, स्पेन, पोर्चुगल र इटलीमा बालीको उत्पादन कम हुने विज्ञले चेतावनी दिएका छन्।
बेलायतमा तापक्रम अहिलेसम्मकै उच्च ४० डिग्री सेल्सियस मापन गरिएको छ ।
गर्मीकै कारण जनजीवन अस्तव्यस्त बनेपछि बेलायतमा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो