पोखरामा नक्कली सुनको बालालाई सक्कली भन्दै ठगी गर्न खोज्ने २ जना पक्राउ

पोखरामा नक्कली सुनको बालालाई सक्कली भन्दै ठगी गर्न खोज्ने २ जना पक्राउ

Thagi

पोखरा। नक्कली सुनको वाला देखाएर सक्कली हो भन्दै ठगी गर्न खोज्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -८ न्यूरोड स्थित एक होटलमा नक्कली सुनको वालालाई सक्कली हो भन्दै ठगी गर्न खोज्ने दुई जनालाई सुन जस्तो देखिने २ वटा नक्कली वालासहित पक्राउ गरिएको कास्कीका निमित्त प्रहरी प्रवत्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए।

पक्राउ पर्नेमा चितवन जिल्ला माडी नगरपालिका -८ घर स्थायी भइ हाल पोखरा -४ रामकृष्ण टोलमा बस्दै आएका ३५ वर्षीय धर्मेन्द्र खाती र स्याङ्गजा जिल्ला अर्जुन चौपारी गाउँपालिका -४ रापाकोट घर भइ हाल पोखरा -१६ घार्मीखोला बस्दै आएका ४० वर्षीय डिल बहादुर विक रहेका छन्।

उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको निमित्ता प्रवक्ता खड्काले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds