एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

bishworaj_pokharel

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन्।

उनले आज सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

२०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले एआईजी धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको थियो। आफूभन्दा डेढ वर्ष कनिष्ठलाई महानिरीक्षकमा नियुक्त गरेको भन्दै वैशाख १९ गते पोखरेल सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वाेच्च अदालत पुगेका थिए।

पोखरेलले दायर गरेको रिट सर्वाेच्चले असार ३१ मा खारेज गरेसँगै पोखरेलसँग सिंहलाई आईजीपी स्वीकारेर काममा फर्किने कि राजीनामा दिने भन्ने विकल्प थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ