गण्डकीमा ४४ जनाको परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि

गण्डकीमा ४४ जनाको परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि

Gandaki covid corona 2

पोखरा। पछिल्लो २४ घण्टामा गण्डकीमा थप ७ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका तीन जिल्ला कास्की, स्याङ्गजा र पूर्वी नवलपरासीका थप ७ जनामा कोरोना पुष्टि भएको हो।

आज संक्रमण पुष्टी भएसँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख २ हजार १२३ जना पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ६ जना कोरोनामुक्त भएका छन्। योसँगै, गण्डकीबाट कोरोनामुक्त हुनेको संख्या १ लाख ६०१ छ भने, हाल ५६ जना सक्रिय संक्रमित छन्। उनीहरु मध्ये ५२ जना होम आइसोलेसनमा छन् भने, ४ जना स्वास्थ्य केन्द्रमा उपचाररत छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ