कास्कीको याङ्जाकोटमा करेन्ट लागेर २ वटा भैँसी र एउटा राँगो मर्यो

कास्कीको याङ्जाकोटमा करेन्ट लागेर २ वटा भैँसी र एउटा राँगो मर्यो

current

पोखरा।  कास्कीको याङ्जाकोटमा करेन्ट लागेर तीनवटा चौपाया मरेका छन्।

सोमबार अन्दाजी ११:३० बजेको समयमा मादी गाउँपालिका वडा नं -३ स्थित याङ्जाकोट निवासी ६६ वर्षीया काजिल गुरुङको दुई वटा भैंसी र एउटा राँगो करेन्ट लागेर मरेको हो।

ईलाका प्रहरी कार्यालय शिशुवाका अनुसार गुरुङले भैंसी चराउने क्रममा सोही स्थानको चिहानडाँडाको चौरमा रहेको बिजुलीको खम्बामा करेन्ट प्रवाह भएका कारण दुई वटा भैँसी र एउटा ३ वर्षको राँगो बिजुलीको पोलमा टाँसिएर मरेको हो।

हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds