साउन महिनाको पहिलो सोमबार केदारेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो

साउन महिनाको पहिलो सोमबार केदारेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो

Sombar

पोखरा।  आज साउन महिनाको पहिलो सोमबार पोखराको केदारेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। बिहानैदेखि पोखराका विभिन्न क्षेत्रबाट पूजा गर्न मन्दिर परिसरमा वृद्ध वृद्धादेखि महिला दिदीबहिनीको घुइँचो लागेको हो।

केदारेश्वर मन्दिर व्यवस्थापन समितिले दर्शनार्थीको सहजताका लागि लाइनको व्यवस्था गरेको थियो।  मन्दिर व्यवस्थापन समितिका पुजारी समेत रहेका मेदनी प्रसाद गुरागाईँले यस पटकको साउनमा ५ ओटा सोमबार परेकाले महत्त्वपूर्ण रहेको बताए। उनले  प्रत्येक दिन नसके पनि साउन महिनाको सोमबार भगवान् भोलेनाथलाई जल चढाउने तथा प्रसन्न गर्ने, भोलेनाथको उपासना गर्नाले मनले चिताएको पुरा हुने विश्वास गरे।

बोलबमधामको रूपमा परिचित केदारेश्वर मन्दिरमा बोल बमले साउन महिनामा पोखरा र यस क्षेत्रको वातावरण बोल बम ध्वनि, भजन कीर्तन र गेरु वस्त्रले गुलजार हुने गरेको छ ।

भगवान् शिवको महिना साउनमा भक्तजनले शिवको आराधना गर्नुका साथै साउन महिनामा व्रत बसेर हरियो रङ्गको चुरा, कपडा र मेहेन्दी लगाए शिव खुसी हुने र मनोकाङ्क्षा पुरा हुने विश्वास गरिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds