पोखराको लभ्ली डाँडामा लगी बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा विक पक्राउ

पोखराको लभ्ली डाँडामा लगी बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा विक पक्राउ

IMG_0013

पोखरामा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

शुक्रबार राति अन्दाजी १० बजेको समयमा पोखरा महानगरपालिका वडा नं -५ स्थित लभ्ली डाँडामा लगी जबर्जस्ती करणी गरेको अभियोग लागेका पर्वत जिल्ला कुश्मा नगरपालिका -६ स्थायी घर भइ हाल पोखरा -१३ बस्दै आएका २४ वर्षीय खिम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो।

कास्कीका निमित्त प्रहरी प्रवत्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार रातिको समयमा विकले जबर्जस्ती करणी गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले घटनास्थलबाट फरार उनलाई भोलिपल्ट (शनिबार) बिहान अन्दाजी ३ :४९ बजेको समयमा पक्राउ गरेको हो।

उनीमाथि जबर्जस्ती करणी मुद्धामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान अगाडी बढाइएको निमित्त प्रवक्ता खड्काले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ