काठमाडौं । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट गर्न समय दिएनन् ।
गत शुक्रबार भारत भ्रमणमा गएका प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने बताइएको थियो । तीन दिने भ्रमणको अवसरमा प्रचण्डले भारतीय विदेश सचिव, विदेश मन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र भारतीय जनता पार्टीका अध्यक्षसँग भेटवार्ता गरे ।
प्रचण्ड आइतबार काठमाडौं फर्कनुअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने बताइएको थियो । तर, अन्तिम समयसम्म पनि मोदीले प्रचण्डसँग भेटको लागि समय नदिएको बताइएको छ ।
प्रचण्ड मोदीसँग भेट नगरी काठमाडौं फर्कँदैछन् । प्रचण्ड नेपाल एअरलाइन्सको दिउँसो ४ः२० बजेको दिल्ली–काठमाडौं उडानमा फर्कने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते