मोबाइल र मोटरसाइकलमा थप कडाई, १५० सीसीभन्दा बढी क्षमताको मोटरसाइकलमा रोक

मोबाइल र मोटरसाइकलमा थप कडाई, १५० सीसीभन्दा बढी क्षमताको मोटरसाइकलमा रोक

Mobile

काठमाण्डौ। सरकारले मोबाइल र मोटरसाइकलको आयातमा थप कडाइ गरेको छ ।

असार ३१ गते राजपत्रमा प्रकाशित सूचनामा ३०० अमेरिकी डलर भन्दा बढी मूल्यका मोबाइल फोन र १५० सीसी भन्दा बढी क्षमताको मोटरसाइकल आयातमा रोक लगाइएको हो ।

विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकार विलाशी वस्तुको आयातमा थप कडाइ गर्ने निष्कर्षमा पुगेको हो । गत वैशाख १३ गतेदेखि १० वस्तु आयातमा लगाइएको प्रतिबन्धलाई भदौ १४ गतेसम्म निरन्तरता दिइएको छ ।

मोबाइल र मोटरसाइकलमा कडाइ गरेको सरकारले साउन १ गतेभन्दाअघि खुलेका प्रतितपत्र (एलसी) का आधारमा भने आयात गर्न दिने छ ।

गत, वैशाख १३ गते सरकारले ६०० अमेरिकी डलरभन्दा महँगो मोबाइल फोन र २५० सीसीभन्दाबढी क्षमताका मोटरसाइकल आयात गर्न प्रतिबन्ध लगाएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds