‘कालो धन सेतो बनाउन नदिँदा गभर्नरमाथि आक्रमण’ – महासचिव पोखरेल

‘कालो धन सेतो बनाउन नदिँदा गभर्नरमाथि आक्रमण’ – महासचिव पोखरेल

pkr shankar

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन खोज्ने समूह गर्भनर हटाउन सक्रिय भएको दाबी गरेका छन् । कालो धनलाई सेतो बनाउन नदिने अडानमा रहेका गर्भनर महाप्रसाद अधिकारीलाई हटाउन अनेक प्रयास गरिएको दाबी उनको छ । स्वार्थी समूहका योजना अधिकारी हुँदासम्म सफल नहुने देखिएपछि उनलाई हटाउन खोजिएको पोखरेलको जिकिर छ ।

प्रेस चौतारी गण्डकी प्रदेश समितिले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा लुम्विनी प्रदेशको पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले स्वार्थ समूहले गभर्नर अधिकारीलाई हटाउने खोजेको बताएका हुन् । उनले नेपालको अर्थतन्त्रलाई जोगाउन खोज्दा गर्भनर माथि आक्रमण भएको पोखरेलको भनाइ छ ।

‘कालो धनलाई सेतो बनाउन नदिने अडानमा रहेका गर्भनरलाई हटाउन अनेक प्रयास भइरहेको छ’ पोखरेलले भने ‘स्वार्थी समूहको योजना अधिकारी रहुञ्जेल सफल नहुने भएपछि उनलाई हटाउन खोजिएको छ ।’

एमालेलाई ‘एम अधिकारी को हुन् ?’ भनेर सोधिएपछि पार्टीले विज्ञप्तीमार्फत स्पष्ट रुपमा व्यक्ति खुलाइसकेको भन्दै सोही भनाइ नै आधिकारिक भएको उनले प्रष्ट्याए ।

उनले गठबन्धन सरकारबाट विकास र समृद्धि सम्भव नभएको बताए । ‘गठबन्धन समृद्धिको आधार होइन, संकटको व्यवस्थापन मात्रै हो,’ उनले भने,‘गठबन्धनबाट नीतिगत नेतृत्व सम्भव छैन ।’

उनले गठबन्धनकै कारण मुलुक संकटको डिलमा पुगेको दाबी गरे । ‘गठबन्धन सरकारकै कारण मुलुकमा आर्थिक संकट देखिएको छ’, उनले भने,‘गठबन्धनबाट विकास र समृद्धि सम्भव छैन ।’ गठबन्धनले नीतिगत विचलन, स्वार्थको सौदाबाजी, राजनीतिक अस्थिरता र विदेशी चलखेललाई निम्त्याएको दाबी पोखरेलको छ ।

नेपालको राजनीति दुई प्रवृत्तिको तीव्र संघर्षमा रहेको बताउँदै पोखरेलले विकास र समृद्धिको लागि बलियो राष्ट्रिय शक्ति निमार्ण गर्ने एउटा प्रवृत्ति र स्वार्थका लागि राजनीतिलाई सौदाबाजीको विषय बनाउने अवसरवादी गठबनधन प्रवृत्ति देखिएको बताए । व्यवस्था परिवर्तन हुँदा राजनीतिक दलहरुबीचमा सहकार्य हुनु स्वभाविक र उचित मानिन्छ,’ पोखरेलले भने,‘ जब राष्ट्र निर्मार्णको प्रश्न आउँछ त्यहाँ गठबन्धन होइन, बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ ।’

अब राष्ट्र निर्माण गर्ने बलियो शक्ति निर्माण गर्नेकी स्वार्थ केन्द्रित गठबन्धलाई स्थापित गर्ने नेपाली जनताले छनोट गर्नुपर्ने बेला आएको भनाइ पोखरेलको छ । यो दुनियामा गठबन्धनबाट कुनै देशले प्रगति गरेको इतिहास नरहेको बताउँदै पोखरेलले भिजिनरी लिडर सिप र बलियो राजनीतिक पार्टीको समन्वयबाट मात्र मुलुककाे प्रगति हुने विश्वास व्यक्त गरे ।

सामाजिक न्यायसहित लोक कल्याणकारी राज्य व्यवस्थाका माध्यमबाट समाजवादमा लैजाने बाटो र समाजलाई उदार पुँजीवादबाट बुर्जुवाकरण गर्ने बाटो मध्ये एउटा तिर राजनीतिक धु्रवीकरण अपरिहार्य भएको उनको भनाइ छ । उनले अब यी दुई बाटोमा नै धुव्रीकरण हुनुपर्ने र धेरै राजनीतिक दलको आवश्यकता नभएको पनि औंल्याए । उनले नीतिगत नेतृत्वबाट मात्रै देशको विकास सम्भव भएको र यसको नेतृत्व नेकपा एमालेले गरिरहेको दाबी समेत पोखरेले गरे । देशलाई समाजवादतर्फ लैजानेकी बुर्जुवाकरण गर्ने छनोट नेपाली जनताले आगामी निर्वाचन गर्ने पोखरेलेको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds