पोखरा । आज साउन १ गते अर्थात् साउने सङ्क्रान्ति देशभर मनाइँदैछ। नेपालमा मुख्य रूपमा मनाउने गरिएको ४ सङ्क्रान्तिहरू मध्ये आज परेको साउने सङ्क्रान्तिको विशेष महत्व रहेको छ ।
वैशाख, कार्तिक र माघ महिनाको १ गतेका संक्रान्तिहरुलाई पनि महत्त्वपूर्ण मानिन्छ । तर विशेष रूपमा माघे सङ्क्रान्ति र साउने संक्रान्तिलाई अझ विशेष मानिने गरेको छ ।
सङ्क्रान्ति चाडलाई विशेषतः सूर्यसँग सम्बन्धित मानिन्छ । आज सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्दछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ ।
यस्तै, साउने सङ्क्रान्तिको दिनमा लुतो फ्याँक्ने पनि गरिन्छ । कर्कट सङ्क्रान्तिमा झुन्डा नाम गरेको राक्षसको पूजा गरेर घरमा भय निवारण गर्न त्यस दिन कण्डारक (राती हिँड्ने) को पूजा गरेर लुतो फ्याँक्ने चलन रहेको छ ।
असार महिनाभर कृषि कर्ममा व्यस्त हुँदा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको बताइन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भइ रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।
साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । यो महिनामा विशेष रूपमा हरियो रङ्गका वस्त्र, चुरा र मेहन्दी लगाएर व्रत बसी भगवान् शिवजीको आराधना गर्नाले आफूले चिताएको मनोकामना पुरा हुने विश्वास रहेको छ ।
सम्बन्धित खबर
शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
आजको मौसम पूर्वानुमान
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो