पोखराकाे पर्यटकीय क्षेत्र लेकसाइडमा शनिबार राती मदिराले मातेर कार हाँक्दा ६ सवारी साधनलाई ठक्कर दिएको छ । कारले ठक्कर दिंदा एक ट्याक्सी र पाँच वटा मोटरसाइकल, स्कुटरमा क्षति पुगेको छ ।
राति २ः३० बजे हल्लनचाेकबाट बाराहीचोकतर्फ जाँदै गरेको बा १२च ६३३९ नम्बरको कारले रोकिराखेको एक ट्याकी, दुई मोटरसाइकल र ३ वटा स्कुटरलाई ठक्कर दिएको थियो ।
कारले पार्किङ रहेको ग१ज ३८४३ नम्बरको ट्याक्सी, ग२१प ७३८० स्कुटर, ग२०प ७१६१ नम्बरको स्कुटर, ग९प ७३८० नम्बरका मोटरसाइकल, ग९प ५०६ नम्बरको स्कुटर, ग११प ६७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल र स्कुटरमा क्षति भएको छ । दुर्घटनापछि भागेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले कार चालक झापाको कन्काई नगरपालिका वडा नं. ६ का २० वर्षीय विनायक ओलीलाई पक्राउ गरेको छ । उनी पाेखरा घुम्न आएको बुझिन्छ । रातको समय भएकाले दुर्घटनामा मानवीय क्षति भने नभएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ