पोखरामा तालिमरत एक प्रहरी जवानको मृत्यु भएको छ । मुत्यु हुनेमा बाग्लुङको जैमिनी नगरपालिका ९ की पवित्रा थापा रहेकी छिन् ।
गत सालको असोज १७ गतेबाट गण्डकी प्रदेश प्रहरी गण पोखरामा सञ्चालन भएको २३४ कार्यावधिको प्रहरी जवान आधारभुत तालिम ७–०३ औं समूहमा तालिममा रहेकी थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
नियमित शारीरिक अभ्यासको क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले असार ३० गते मृत घोषणा गरेको हो ।
थापाको बिहीबार अन्तिम श्रद्धाञ्जली अर्पण गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनलाई गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक दिल्लीराज पन्तले नेपाल प्रहरी संगठनको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । थापाको अन्तिम संस्कार स्थलमा प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ