दुबई पठाइदिन्छु भनि ११ लाख रूपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

दुबई पठाइदिन्छु भनि ११ लाख रूपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

arrest

काठमाण्डौ। दुबई पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ७ चावहिल बस्ने धादिङ धुनिबेँसी गाउँपालिका ९ घर भएका २७ वर्षीय विकास थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दुबई जानका लागि प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्ने र उता मासिक १ लाख रूपैयाँ भन्दा बढी तलबमा प्रतिष्ठित होटलमा बाउन्सर र सेक्युरिटी गार्डको काममा लगाईदिने प्रलोभन देखाई दुई जना पीडितबाट ११ लाख रूपैयाँ रकम लिई सम्पर्क विहिन भएका थिए ।

उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका ३ वसुन्धाराबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ