त्रिकोणात्मक सिरिजः नेपालको पहिलो जित

त्रिकोणात्मक सिरिजः नेपालको पहिलो जित

cricket

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित निकालेको छ।

बुधबार भएको खेलमा आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपालले सिरिजमा पहिलो जित निकालेको हो। स्कटल्याण्डमाथि नेपालको यो ऐतिहासिक जित हो। स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक जित निकालेको हो।

स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो।

नेपालका लागि मोहम्मद आशिफ शेखले सर्वाधिक अर्धशतकीय पारी खेले । ६२ बलको सामना गरेका उनले ७१ रन बनाए।

यस्तै, कुशल भुर्तेल २७, देव खनाल ४, दीपेन्द्र सिंह ऐरी ३, आरिफ शेख १ रनमा आउट भए। रोहित पौडेलले अविजित रहँदै ३४ रन बनाए।

त्यसअघि ग्लास्कोको टिटउडमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोलीले ४२.५ ओभरमा सबै विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो।

उसका लागि सर्वाधिक ग्याभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । अन्य खेलाडी क्रिजमा खासै जम्न सकेनन्।

बलिङतर्फ नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले समान तीन–तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा दीपेन्द्र सिंह ऐरी र करण केसीले एक–एक विकेट लिए।

जितसँगै नेपाल १८ खेलमा १७ अंकसहित तालिकाको पाँचौै स्थानमा उक्लिएको छ।

यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो।

अब नेपालले तेस्रो खेलमा नामिबियासँग शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग अर्को आइतबार खेल्नेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ