ट्विटरले गर्‍यो एलन मस्कविरुद्ध मुद्दा दायर

ट्विटरले गर्‍यो एलन मस्कविरुद्ध मुद्दा दायर

elon-and-twitter.

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी ट्वीटरले अर्बपति इलोन मस्कविरुद्ध मुद्दा दायर गरेको छ। विश्वका सबैभन्दा धनी व्यक्तिसमेत रहेका मस्कले कम्पनीसँगको सम्झौता रद्द गरेको भन्दै ट्वीटरले कानुनी प्रक्रिया सुरु गरेको हो।

गएको अप्रिलमा मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झौता गरेका थिए। त्यस बेला ट्विटरको प्रतिशेयर ५४ दशमलव २० डलरमा किन्ने सम्झौता भएको थियो। तर गएको शुक्रबार एलन मस्कले ट्विटरले ‘स्पाम’ र नक्कली खाताहरूको सङ्ख्याबारेमा पर्याप्त जानकारी नदिएकाले पछि हटेको बताएका थिए।

ट्वीटरले भने मस्कको आरोप खण्डन गर्दै आएको छ। अमेरिकाको डेलावर अदालतमा दायर गरिएको मुद्दामा ट्वीटरले मस्कलाई आफ्नो खरिद प्रक्रिया पूरा गर्ने आदेश दिन माग गरेको छ।

ट्वीटरले गत नोभेम्बरको तुलनामा अमेरिकी कार कम्पनी टेस्लाको शेयरमा पनि ठूलो गिरावट आएकाले मस्क यो सम्झौताबाट बाहिरिने निष्कर्षमा पुगेको दाबी गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ