कास्कीमा एक जोडीद्वारा एउटै रुखमा झुण्डिएर आत्महत्या

कास्कीमा एक जोडीद्वारा एउटै रुखमा झुण्डिएर आत्महत्या

jungle sab

पोखरा । कास्कीमा एक जोडीले एउटै रुखमा झुण्डिएर आत्महत्या गरेका छन् । कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ७ पानी पोखरीको जंगलमा एउटै रूखमा झुन्डिएको अवस्थामा उनीहरुको शव फेला परेको कास्की प्रहरीले प्रहरीले जनाएको छ ।

काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं. १ घर भएकी २८ वर्षीय सुदीना कर्मचार्य र ३२ बर्षका दिवाकर थापाले आत्महत्या गरेका हुन् । स्थानीयले घाँस काट्न जाँदा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

नागडाँडा प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले शवको मुचुलका गरेर पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पठाएकाे हाे । शव हेर्दा एक हप्ता भन्दा बढि भईसकेको प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले घटनास्थलबाट उनीहरु नागरिकता भेटिएको छ भने थप अनुसन्धान शुरु गरिरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds