कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पोखरा मझेरीपाटनका एक व्यक्ति पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पोखरा मझेरीपाटनका एक व्यक्ति पक्राउ

arrest

पोखरा। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-४ स्थायी ठेगाना भई पोखरा महानगरपालिका-१४ मझेरीपाटन बस्ने ३६ वर्षीय कृष्ण मिजारलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा साबिक पुनरावेदन अदालत पाटन हाल उच्च अदालत पाटनबाट १० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-३० पावरहाउसबाट पक्राउ गरेको हो ।

कृष्ण मिजार समेतका व्यक्तिहरूले २०६४ कात्तिक १९ बेलुकी रबिन्द्र कुमार मल्ललाई काठमाडौं महानगरपालिका-२९ गोंगवु मित्रनगरस्थित सडकमा कुटपिट गरी मणनासन्न अवस्थामा पुर्‍याएकोमा उनको उपचारको क्रममा मृत्यु भएपछि अदालतले उनीउपर उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds