‘केटाकेटी सहमतिमै सुरक्षित स्थान खोज्दै होटल पुग्दा प्रहरी पछाडि लाग्ने ?’ – सांसद महत

‘केटाकेटी सहमतिमै सुरक्षित स्थान खोज्दै होटल पुग्दा प्रहरी पछाडि लाग्ने ?’ – सांसद महत

Gajendra Mahat

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले सहमतिमा हुने सहवासका लागि सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

यौन हिंसा विरुद्धको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०७९ माथि सोमवार संसदमा भएको छलफलका क्रममा सांसद महतले यौन हिंसा नियन्त्रणको कुरा गर्दा त्यस्तो ठाउँ जरुरी रहेको बताएका हुन् ।

‘केटाकेटी सहमतिमा सुरक्षित स्थान खोज्दै जान्छन्, प्रहरी तिनीहरूलाई खोज्दै हिँडेको हुन्छ । यो पनि तरिका हो ?  यसरी रोकिन्छ ? भाले मौरीले, रानी मौलाई सहवास गर्‍यो भने उसको मृत्यु हुन्छ, तर पनि उसले सहवास गर्छ, यो बुझिराख्नुस्,’ सांसद महतले संसद् बैठकमा भने, ‘तपाईंको कानूनले कहाँ छेक्छ ? फ्रेस एरिया राख्नुको सट्टा प्रहरी डन्डा समाएर केटाकेटीको पछाडि लागेर होटलमा पुग्छन् ? यही हो तरिका ? यो पनि तरिका हो ?’ महतले यसो भनिरहँदा सांसदहरू गलल्ल हाँसेका थिए ।

महतले विगतमा बाँकेको नेपालगञ्जमा सहवास गर्ने फ्रेस एरिया रहेको सम्झाउँदै त्यस्तो ठाउँ आवश्यक पर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds