धोबिखोलामा फोहोर फाल्ने कम्पनीलाई बालेनले तिराए २५ हजार जरिवाना

धोबिखोलामा फोहोर फाल्ने कम्पनीलाई बालेनले तिराए २५ हजार जरिवाना

dhobikhola

काठमाडौं महानगरपालिकाले खोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

मेयर बालेन शाहले धोबिखोलामा फोहोर फाल्ने प्राक्टिकर वेस्ट सोलुसन प्रालि कम्पनीलाई जरिवाना तिराइएको जानकारी दिएका छन् ।

‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानबिन गरी उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार २५ हजार रुपैयाँ जरिवाना गरेका छौं,’ उनले भनेका छन् ।

उनले कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी रहेको बताए । यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनु भएकोमा धन्यवाद समेत दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds