पोखरामा अनेरास्ववियुको विरोध सभा : मुख्यमन्त्री र मन्त्रीको लागि १ रुपैंया दान संकलन

पोखरामा अनेरास्ववियुको विरोध सभा : मुख्यमन्त्री र मन्त्रीको लागि १ रुपैंया दान संकलन

2

पोखरा। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिवारिक ट्रष्टका लागि अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले एक रुपैयाँ दान अभियान चलाएको छ।

युनियनले सोमबार पोखराको रत्नचोकमा एक विरोध सभाको आयोजना गर्दै एक रुपैयाँ दान अभियान चलाएको हो। अभियानलाई स्थानीय तथा पैदल यात्रुहरुले समेत सवारी रोकेर रू एक-एक रुपैयाँ दान गरेका थिए।

विरोध सभामा सहभागीहरुले ‘राज्यको सम्पत्ति फिर्ता गर’, ‘लुटतन्त्र बन्द गर’, ‘गण्डकी प्रदेश सरकार होशियार’, ‘जनताको पैसा फिर्ता गर’, ‘बाउ आमाको नाममा राखिएको सरकारी करोडौं रकम फिर्ता गर’, ‘सबैले रु.  एक -एक सहयोग गरौँ’, ‘प्रदेश सरकार गरिब हो’ लगायतका नारा लगाएका थिए।

स्मरणीय छ: गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, केन्द्रीय नेता तथा जिल्लाका नेताहरुका पारिवारिक सदस्यका नाममा ट्रस्टदेखि स्मृतिपार्क, प्रतिष्ठान बनाउन बजेट बिनियोजन गरेको पाइएपछि जनस्तरमा चर्को विरोध भएको थियो । विरोध पछि मुख्यमन्त्री लगायत केही मन्त्रीहरुले निर्णय फिर्ता गर्ने घोषणा गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds