ढिलो-चाँडो पुग्ने श्रीलंकाकै स्थितिमा हो : नारायणकाजी श्रेष्ठ

ढिलो-चाँडो पुग्ने श्रीलंकाकै स्थितिमा हो : नारायणकाजी श्रेष्ठ

narayankaji-shrestha-

काठमाडौं । नेपाल कम्युनिष्टि पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले देश ढिलो वा चाँडो एउटा वा अर्को रुपमा श्रीलंकाकै स्थितिमा पुग्ने चेतावनी दिएका छन् ।

देशलाई श्रीलंकाको स्थितिमा पुग्नबाट बचाउनका लागि उनले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवं सङ्गठित प्रयत्न गर्न आह्वानमा जाेड दिएका हुन् ।

सामाजिक सञ्जलमा स्ट्याटस् लेख्दै नेता श्रेष्ठले भनेका छन् ,’हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सही नै हो,तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार-सिद्धान्त एवं मूल्यविहीन भ्रष्ट–स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता,समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा पुर्‍याउने त्यतै हो ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds