पाेखराकाे ८ अर्ब ७७ कराेडकाे बजेट पारित

पाेखराकाे ८ अर्ब ७७ कराेडकाे बजेट पारित

Nagar-sava

पोखरा महानगरपालिकाको बजेट पारित भएको छ । आइतबार बसेको नगर सभाले आगामी आर्थिक वर्षको ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट सर्वसम्मत पारित गरेको हो ।

यसअघि, नेकपा एमालेले बजेट प्रस्तुत नहुँदै राताे किताब छापिएकाे र वडाअध्यक्षहरुसँग छलफल नगरी याेजना बनाइएकाे भन्दै नगरसभा अवरूद्ध गरेकाे थियाे । गल्ती भएकाे भन्दै महानगर प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले माफी मागेपछि बजेट प्रस्तुत भएकाे थियाे । साे बजेटमा परिमार्जन गरेपछि अहिले सर्वसम्मत पारित भएकाे हाे ।

यसैगरी, नगरसभाले न्यायिक समिति, लेखा समिति र विद्यायन समिति गठन गरेको छ । न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेको समिति गठन भएको हो ।

लेखासमितिको संयोजकमा झपटबहादुर रानाभाट चयन भएका छन् । समिति सदस्यमा विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापा चयन भएका छन् । लेखासमितिमा आन्तरिक लेखा परीक्षण अधिकृत सदस्यसचिव रहने व्यवस्था रहेको छ ।

विद्यायन समिति संयोजकमा पुष्पेन्द्र पाण्डे चयन भएका छन् । सदस्यमा राममोहन आचार्य, प्रेम प्रसाद कर्माचार्य, निर्मल दियाली र गंबाबहादुर खत्री चयन भएका छन् ।

नगरसभाले पोखरा महानगरपालिका आकस्मिक स्थापना तथा सञ्चालन ऐन २०७९, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सर्वसम्मत पारित गरेको छ । यसैगरी पोखरा महानगरको मध्यमकालिन खर्च संरचना (२०७९/८०–०८१/८२) पारित भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds