पाेखरा । माइक बिग्रिएपछि गण्डकी प्रदेश सभाको बैठक आधा घन्टाको लागि स्थगित भयाे। आइतबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा बजेटमाथि छलफल चलिरहेको थियो ।
जनता समाजवादी पार्टी (जसपा) सचेतक धनमाया लामा पोखरेल बोलिरहेका बेला माइक बिग्रियो । सभामुख अधिकारीले समस्या समाधान गर्न कर्मचारीलाई भने । फेरि आफ्ना धारणा राख्न सभामुखले सांसद लामालाई समय दिए । उनले बिना माइक बाेलिन् । माइकमा प्राविधिक समस्या आएको बताउँदै सभामुख नेत्रनाथ अधिकारीले ३० मिनेटका लागि स्थगित भएको जानकारी गराए ।
गण्डकी प्रदेशसभामा गत २० असारदेखि आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल जारी छ । बजेटमा सांसदले मुख्यमन्त्री र मन्त्रीले बाबु आमाको नाममा ट्रस्ट खोल्दै करोडौं रकम राख्दा जनताले ५ लाखको खानेपानी, सडक, विद्युत्का योजना नपाएको बताएका थिए ।
जनताको ढाड सेक्ने गरि कर बढाउने, जनतामुखी बजेट ल्याउन नमानेर आफ्नो मनपरी तरिकाले बजेट ल्याइएको एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए । उनका अनुसार संघीयता नै धरापमा पार्नेगरी सरकारले बजेट ल्याएको छ । उनले पछि थप गरिएका २८ करोडका योजनाको लागि बजेट कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि प्रश्न गरेका थिए ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते