एकैदिन १२१ जनामा कोरोना पुष्टि

एकैदिन १२१ जनामा कोरोना पुष्टि

corona-51

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ४५ जनाको नमूना परीक्षण गरिएको थियो।

१ हजार ७ सय जनाको पीसीआर र १ हजार ३ सय ४५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय २१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

आइतबार थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय ८७ जना निको भएका छन्।

हाल देशभर ६ सय ७८ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ